देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अर्थतन्त्रलाई गतिशील राख्न मेगा प्रोजेक्टको निर्माण जारी : प्रधानमन्त्री

0

(काठमाडौं) – प्रधानमन्त्री केपीशर्मा ओलीले अर्थतन्त्रलाई गतिशील राख्न राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माण कार्य जारी राखेको बताएका छन् । मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आवश्यक सुरक्षाविधि सुनिश्चित गरी कतिपय मेगा प्रोजेक्टहरूको निर्माण जारी राखेको बताएका हुन् ।

सरकारले कृषि कार्यलाई निरन्तरता दिने उपयुक्त उपायको खोजी गरेको छ र अवलम्बन गरिरहेको पनि प्रधानमन्त्री ओलीले बताए ।

उनले भने, ‘अर्थतन्त्रलाई गतिशील राख्न आवश्यक सुरक्षाविधि सुनिश्चित गरी कतिपय मेगा प्रोजेक्टहरूको निर्माण जारी राखिएको छ । सरकारले कृषि कार्यलाई निरन्तरता दिने उपयुक्त उपायको खोजी गरेको छ र अवलम्बन गरिरहेको छ । म विश्वास दिलाउन चाहन्छु– संकटको बेलामा पनि र संकटपछि पनि सरकार तपाइँहरूसँगै रहेर नेपालको आर्थिक विकासलाई गति दिन क्रियाशील हुनेछ ।’

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )