देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अर्थमन्त्री खतिवडाद्वारा पदबाट राजीनामा

0

काठमाडौँ – अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले शुक्रबार साँझ राजीनामा दिएका छन् ।

बालुवाटार पुगेर उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । त्यसअगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए ।

संविधानमा संघीय संसदको सदस्य नभएको व्यक्ति ६ महिनामात्र मन्त्री पदमा रहनसक्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार मन्त्री बनेका खतिवडा त्यसरी नियुक्त भएको भदौ २० गते ६ महिना पुग्दै थियो ।

गत फागुन २१ गते दोस्रोपटक मन्त्री भएका उनले राष्ट्रियसभा सदस्यमा मनोनित नहुने भएपछि राजीनामा दिएका हुन् । संघीय संसदको सांसद नभएको व्यक्ति ६ महिना भन्दा बढी मन्त्री हुन नपाउने भएकाले उनले राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री ओलीले खतिवडाको कार्यकाल दोहोर्याउन चाहेका थिए । तर, नेकपाले राष्ट्रिय सभामा सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने एक सदस्यको रिक्त सिटमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेसँगै खतिवडा सरकारबाट बाहिरिएका हुन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार