देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अर्थमन्त्री शर्माद्वारा सपथ लगत्तै पदभार ग्रहण

0

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई शपथ गराएकी हुन् ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराएको भन्दै नेकपा एमालेले विरोध गरेपछि २२ असारमा संसदीय छानबिन समिति गठन भएपछि शर्माले राजीनामा दिएका थिए ।

संसदीय समितिले उनीमाथि लागेको आरोप पुष्टि गर्न नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई अर्थमन्त्रीमा पुनः नियुक्त गरेका हुन् ।

यसैबिच नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले सपथ ग्रहण लगत्तै पदबहाली गरेका छन्। राष्ट्रपति भवन शितल निवासमा सपथ लिनासाथ सिंहदरवारस्थित अर्थमन्त्रालय पुगेर उनले पद बहाली गरेका थिए ।

अर्थ मन्त्रालयमा नवनियुक्त मन्त्री शर्माको स्वागतमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा अर्थ सचिव मधु मरासिनी भने अनुपस्थित थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार