देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अर्थ सम्बन्धी तीन विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

0

(काठमाडौं) – प्रतिनिधिसभाको बैठकले आर्थिक विधेयक–२०७७, राष्ट्र ऋण उठाउने विधेयक–२०७७ र ऋण तथा जमानत (चौबीसौँ सशोधन) विधेयक बहुमतले पारित गरेको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सदन समक्ष यी तीन विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए ।

यसअघि अर्थमन्त्री डा.युवराज खतिवडाले ती विधेयक पारित गरियोस् भनी अलग अलग प्रस्ताव प्रस्तुत गरेका थिए ।

ऋण तथा जमानत (चौबीसौँ सशोधन) विधेयकमाथि सांसद प्रेम सुवाल र डा मिनेन्द्र रिजालले राखेको सशोधन प्रस्ताव सभाको बहुमतबाट अस्वीकृत भएको थियो ।

आर्थिक विधेयकमाथि सांसदद्वय सुवाल र दिव्यमणि राजभण्डारीले सशोधन प्रस्ताव पेश गरेका थिए भने राष्ट्र ऋण उठाउने विधेयक–२०७७ का सम्बन्धमा डा.रिजाल र सुवालले संशोधन राखेका थिए ।

विद्युतीय सवारी साधन आयातमा लगाइएको भन्सार शुल्क हटाउन सरकारसँग माग गर्दै उनीहरुले पेट्रोल र डिजेलमा अतिरिक्त कर किन लगाइएको भनी प्रश्न गरे ।

सांसदहरुको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा.खतिवडाले भन्सारका दर अन्तर्राष्ट्रिय व्यापारको सिद्धान्तबाट निर्देशित रहेको बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार