देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अर्नब गोस्वामीलाई १४ दिन न्यायीक हिरासतमा पठाइयो

0

काठमाडौं – आत्महत्या दुरूत्साहनको अभियोगमा बुधबार पक्राउ परेका भारतीय टेलिभिजन रिपब्लिक टिभीका संस्थापक तथा प्रधान सम्पादक अर्नब गोस्वामीलाई १४ दिनको न्यायिक हिरासतमा पठाइएको छ ।

गएराति अबेर मुम्बई अदालतले गोस्वामी सहित अन्य दुई जनालाई पनि १४ दिनका लागि न्यायीक हिरासतमा राख्न आदेश दिएको हो ।अर्णव गोस्वामीका वकिल अबद पोंडाका अनुसार उनले जमानतको लागि आवेदन दिएका छन् जुन बिहीबार सुनुवाइ हुन सक्छ ।

सन् २०१८ मा इन्टेरियर डिजाइनर अन्वयक नाइक र उनकी आमा कुमुद नाइकलाई आत्महत्या गर्न बाध्य पारेको आरोप गोस्वामीमाथि लागेको छ । गोस्वामीलाई बुधबार बिहान मुम्बईस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।

इन्टेरियर डिजाइनर अन्वयक नाइक र उनकी आमा कुमुद नाइक सन् २०१८ को मे महिनामा अलिबाग तालुकाको कवीर गाउँस्थित आफ्नो फार्म हाउसमा मृत फेला परेका थिए । त्यहाँ फेला परेको सुसाइड नोटमा अर्नबसँगै फिरोज शेख र नितेश सारदाले ५.० करोड भुक्तानी नगरेकाले आफूहरुले आत्महत्या गरेको उल्लेख छ ।

सन् २०१८ मा अलिबाग प्रहरीले अर्नबविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो तर सन् २०१९ मा रायगड प्रहरीले उक्त मुद्दाको अनुसन्धान बन्द गरेको थियो । गत मे महिनामा भने महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले अन्वयकी छोरी अदन्याले उक्त मुद्दाको पुन: अनुसन्धान गर्न आग्रह गरेकाले नयाँ शिराबाट अनुसन्धान हुने बताएका थिए ।

सन् २०१८ को इन्टेरियर डिजाइनर अन्वय नायक र उनकी आमाको आत्महत्या प्रकरणमा पत्रकार अर्नबलाई गिरफ्तार गरिएको हो । ५३ वर्षीय इन्टेरियर डिजाइनर अन्वय र उनकी आमा कुमुद सन् २०१८ मा घरमै मृत भेटिएका थिए । अन्वयको साथबाट एउटा सुसाइड नोट पनि भेटिएको थियो । जसमा अर्नब गोस्वामी र फिरोज सेख तथा नितिस सारदाले रिपब्लिक टेलिभिजनको कार्यालय डिजाइनको पैसा नदिएको आरोप लगाइएको उल्लेख थियो ।

अर्नब पक्राउको महराष्ट्र राज्यको विपक्षी दलले सरकारको आलोचना गरेको छ । यसैगरी भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले पनि ट्विट गर्दै अर्नबको गिर्फतारीले लोकतन्त्र लज्जित भएको प्रतिक्रिया दिएका छन् ।

अमित शाहले आफ्नो ट्वीटमा लेखेका छन्, ‘कांग्रेस र यसका सहयोगीहरूले लोकतन्त्रलाई एकपल्ट शर्ममा पारेका छन् । रिपब्लिक टिभी र अर्नब गोस्वामीको बिरूद्ध राज्य शक्तिको खुल्लमखुल्ला व्यक्तिगत स्वतन्त्रता र प्रजातन्त्रको चौथो स्तम्भमा हमला हो। हामीलाई आपतकालिनको सम्झना दिलाउँछ । स्वतन्त्र प्रेसमा यो हमलाको विरोध हुनुपर्दछ र यसको विरोध हुन्छ ।’

त्यस्तै केन्द्रीय कानून मन्त्री रविशंकर प्रसादले पनि अर्नबको पक्राउको आलोचना गरे र यसलाई चिन्ताजनक भएको बताएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार