देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अल्पसंख्यक तर्फको केन्द्रीय सदस्यमा सुनुवार निर्वाचित

0

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा प्रदीप कुमार सुनुवार निर्वाचित भएका छन्। अल्पसंख्यक (खुला)तर्फको केन्द्रीय सदस्य पदमा शेरबहादुर देउवा समुहका सुनुवार निर्वाचित भएका हुन्।

केन्द्रीय निर्वाचन समितिका अुनसार सुनुवार २१७१ मतसहित विजयी भएका छन्। दोस्रो स्थानमा टीकाराम सुब्बाले १०२३ मत ल्याएका छन्।

यही पदका उम्मेदवार टीकाराम सुब्बा लेप्चाले एक हजार २६ मत प्राप्त गरेका छन् । त्यसैगरी हरिबहादुर घलेले ६ सय ९, ओमप्रकाश शर्मा (मारवाडी) ले पाँच सय ३६ र प्रेमबहादुर छन्त्यालले दुई सय २० मत प्राप्त गरेका छन् ।

अल्पसंख्यक खुलातर्फको केन्द्रीय सदस्यको एक पदको लागि पाँच जनाबीच प्रतिस्पर्धा भएको थियो।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार