देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अवैध रुपमा ग्रिस छिर्न लागेका ३७ नेपाली टर्कीबाट पक्राउ

0

काठमाडौँ – टर्किस प्रहरीले इस्तानबुलस्थित एक घरबाट अवैध रुपमा युरोप छिर्ने तयारीमा रहेका ३७ नेपालीहरुलाई पक्राउ गरेको छ ।

टर्किस अनलाइन ईन सन हाबरका अनुसार पक्राउ परेका सबै नेपालीको साथबाट हिँड्न तम्तयार यात्रु झैं सुटेकस थियो र ती सबै मध्यरातमा अवैध रुपमा ग्रिस छिर्ने तयारीमा थिए ।

इस्तानबुलस्थित नेपालीहरुका अनुसार गत सोमबार पक्राउ परेका नेपालीमध्ये तीन जनालाई कागजपत्रका आधारमा प्रहरीले छोडे पनि अन्य ३४ जना भने प्रहरी नियन्त्रणमै छन् । पक्राउको यो घटनाबारे टर्कीस्थित गैरआवासीय नेपाली संघका अध्यक्ष उज्जवल कुमार घिसिङले जानकारी दीएका हुन् ।

घिसिङले अवैध रुपमा टर्कीबाट ग्रिस छिर्न नेपालीहरुले ४ देखि साढे चार लाख रुपैँयासम्म संगठित मानव तस्करका एजेन्टहरुलाई बुझाएको सूचना आफूले पाएको बताए । उनले भने, ‘हामीले सम्पर्कमा आएका नेपालीलाई सकेसम्म अवैध बाटोबाट नजान र त्यो खतरनाक रहेको बताउँदै आएका छौं । तर त्यसैगरी ग्रिस छिरेकाहरुले देखाउने प्रलोभनमा नेपालीहरु धमाधम परिरहेका छन् ।’

टर्किस अनलाइन ईन सन हाबरले टर्कीमा अवैध आप्रवासीहरुको संख्या बढिरहेको र ती सबै युरोप छिर्ने उद्देश्यले त्यहाँ आएको भन्दै यो घटनालाई पनि त्यसैको एउटा श्रृंखलाको रुपमा अर्थ्याएको छ । नियन्त्रणमा लिइएका नेपालीहरुलाई स्वास्थ्य परीक्षणपछि प्रहरी निगरानीमा राखिएको अनलाइनले उल्लेख गरेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार