देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अवैध रुपमा बिक्रीको लागि राखिएको मल बरामद

0

(बारा) – अवैध रुपमा बिक्रीको लागि राखिएको ठूलो परिमाणको मल बरामद बारा प्रहरीले बरामद गरेको छ । प्रसौनी गाउँपालिका–५ प्रस्टोकाबाट बिक्रीको लागि लुकाई छिपाई राखेको ५० केजीका २९ बोरा युरिया र १० बोरा डी.ए.पी मल बिहीबार प्रहरीले बरामद गरेको हो ।

सोही ठाउँ बस्ने शम्भु साह र रमेश साहले प्रसौनी गाउँपालिका–६ स्थित ऋषि बाल्मिकी कृषि सहकारी संस्थाबाट युरिया तथा डी.ए.पी मल खरिद गरी बेच्ने उद्देश्यले लगि लुकाई छिपाई प्रहरीले नाएको छ ।

मल लुकाऐ राखेको भन्ने जानकारी प्राप्त भए पश्चात तत्कालै इलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोलीले उनीहरुको स्टोर खानतलासी गर्दा सो परिमाणमा मल फेला पारी बरामद गरेको हो ।

अनुसन्धानको क्रममा आधिकारीक रुपमा दर्ता रहेका अनुमति प्राप्त कृषि सहकारी संस्थाहरूले मात्र कृषि सामाग्री कम्पनी लिमिटेडबाट मल खरिद गरी सोझै किसानलाई बिक्री गर्नु पर्नेमा निज शम्भु साह र रमेश साहलाई ऋषि बाल्मिकी कृषि सहकारी संस्थाले अनाधिकृत रुपमा मल उपलब्ध गराएको भन्ने खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

साथै घटनामा संलग्न फरार रहेका शम्भु साह र रमेश साहको खोजी गर्नुका साथै यस सम्बन्धमा कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार