देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अवैध रुपमा लैजान लागेको अमेरिकी डलर सहित एक पक्राउ

0

(काठमाडौं) – अवैध रुपमा लुकाइछिपाई लैजान लागेको अमेरिकी डलर सहित त्रिभुवन अन्तरार्रष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका ११ घर भई अमेरिका बस्ने ३३ वर्षीय विकाश जोशीलाई ८ हजार ४ सय १७ डलर सहित विमानस्थलबाट शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

इत्तेहाद एयरवेजको उडानद्वारा काठमाडौंबाट दुबई हुँदै अमेरिका जान लागेका उनलाई विमानस्थलबाट पक्राउ गरेको हो । अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उक्त परिमाणको अमेरिकी डलर सहित फेला पारी प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जोशीलाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको अन्तर्रा्ष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार