देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अवैध रुपमा संकलन गरेको सुनसहित एक पक्राउ

0

(काठमाडौं) – अवैध रुपमा संकलन गरेको सुन सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अवैध रुपमा संकलन गरेको १ सय ४९ ग्राम सुन सहित कपिलवस्तु बुद्धभूमी नगरपालिका ८ घर भएका २७ वर्षीय प्रदिप चन्द्र पौडेललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

बाहिरी मुलुकबाट आएका यात्रुहरुलाई भन्सार छली गर्न लगाई अवैध रुपमा उक्त परिमाणको सुन संकलन गरी लैजान लागेको अवस्थामा पौडेललाई विमानस्थल सुरक्षा कार्यालय गौचरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

बरामद सुन सहित पौडेललाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार