देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अवैध लागूऔषध सहित एक पक्राउ

0

(काठमाडौं) – लागूऔषध सहित काठमाडौंबाट एक जना पक्राउ परेका छन् । नागार्जुन नगरपालिका १० स्युचाटार डेरा गरी बस्ने मकवानपुर थाहा नगरपालिका ७ घर भएका ५४ वर्षीय राम बहादुर थापा मगरलाई अवैध लागूऔषध पोल्याण्ड करिब ४ केजी सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनको डेरा कोठामा लागूऔषध लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग स्युचाटारबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार