देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ५ पक्राउ

0

काठमाडौं – अवैध लागूऔषध सहित बाँके र कञ्नपुरका विभिन्न स्थानबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१४ उदयपुरुवा बस्ने १८ वर्षीय किशोरलाई ४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको  संयुक्त टोलीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुरको पुनर्वास नगरपालिका-६ बाट ४४ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पुनर्वास नगरपालिका-४ बस्ने २८ वर्षीय दिनेश भट्ट, बेलौरी नगरपालिका-१ फटैया बस्ने २८ वर्षीय रमेश रावत, सोही नगरपालिका मटैया बस्ने २८ वर्षीय गगन शाही र २७ वर्षीय रोशन शाही रहेका छन् ।

ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले से.३ प ८१८४ नम्बर र से.१ प ८५३९ नम्बरको मोटरसाइकल जाँच गर्दा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार