देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अवैध लागू औषध सहित ३ पक्राउ

0

(काठमाडौं) –  लागू औषध सहित काठमाडौंबाट दुई जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-३२ स्थित फेमली क्याफेबाट नियन्त्रित लागूऔषध नाईट्राभेट १ सय ५० ट्याबलेट सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काभ्रे बनेपा बस्ने मकवानपुर हेटौंडाका सुवास पराजुली र सोही ठाउँका मनिश शाही रहेका छन् । महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै, महोत्तरी, जलेश्वर नगरपालिका-६ सानो धबौलिबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ९ सय ट्याबलेट, फेनारगन ९८ एम्पुल, नुर्फिन १ सय एम्पुल र डाईजेपाम १ सय एम्पुल सहित एक जना पक्राउ परेका छन् । एकडाँरा गाउँपालिका ३ बस्ने २४ वर्षीय पप्पु कुमार मण्डललाई सो परिमाणको लागू आ्रषध सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरी र शसस्त्र प्रहरी बलको सिमा सुरक्षा पोष्ट जलेश्वरबाट संयुक्त रुपमा खटिएको टोलीले ज.१२ प ८३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार