देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अशोक राईको नेतृत्वमा यस्तो बन्यो नयाँ जसपा

0

काठमाडौ – उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट अलगिएको अशोक राई नेतृत्व ‘जनता समाजवादी पार्टी’ले पदाधिकारी र केन्द्रीय समितिको टुंगो लगाएको छ ।

आइतबार खुसिबुमा बसेको नयाँ पार्टीको केन्द्रीय समिति बैठकले पदाधिकारी र केन्द्रीय सदस्यहरूको नाम टुंगो लगाएको हो ।

जसपा नेपाललाई विभाजित गरिएपछ राईको नेतृत्वमा ७ जना प्रतिनिधिसभाका सांसद र केन्द्रीय कमिटीका ३० जनाले निवेदन दिएका श्रेष्ठले बताएका छन् ।

जसअनुसार अब श्रेष्ठ संघीय परिषद् अध्यक्ष बनेका छन् भने केन्द्रीय कमिटी अध्यक्ष अशोक राई भएका छन् । रेणुकुमारी यादवलाई सह-अध्यक्ष बनाइएको छ । उनी जसपा नेपालमा अध्यक्ष उपेन्द्र यादवनिकट नेतृ हुन् ।

उपाध्यक्षमा सप्तरीका नवलकिशोर साह सुडी, तेह्रथुमका रणध्वज लिम्बू,  ताप्लेजुङकी सुशीला श्रेष्ठलाई तोकिएको छ ।

त्यस्तै महासचिवमा बाँकेका मोहम्मद इस्तियाक राईलाई जिम्मेवारी दिइएको छ । उपमहासचिव जिम्मेवारी पर्साका प्रदीप यादवले पाएका छन् ।

सचिवमा धनुषाका दीपक कार्की र सप्तरीकी रञ्जु ठाकुरलाई तोकिएको छ । उता कोषाध्यक्षमा सिरहका डा. वीरेन्द्र महतोलाई जिम्मेवारी दिइएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार