देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अष्ट्रेलियाका सांसद घोषले लिए भागवद्गीता छोएर शपथ

0

काठमाडौं – अस्ट्रेलियाको संसदमा नयाँ सिनेटरमा चयन भएका भारतीय मूलका ब्यारिस्टर वरुण घोषले भागवद्गीतामा हात राखेर पद तथा गोपनियताको  शपथ लिएका छन् ।

गीतामा हात राखेर अष्ट्रेलियामा पद तथा गोपनियताको सपथ लिने घोष पहिलो व्यक्तिसमेत हुन् ।

लेबर पार्टीले घोषलाई वेस्टर्न अष्ट्रेलिया (डब्लुए) बाट प्रतिनिधित्व गर्न चयन गरेको हो । हालै फ्रान्सिस बर्ट चेम्बर्सका ब्यारिस्टर, ३८ वर्षीय घोषलाई वर्तमान सिनेटर प्याट्रिक डडसनको ठाउँमा छानिएको थियो।

पश्चिमी अस्ट्रेलियाको विधान सभाले भनेको थियो, ‘विधानसभा र विधान परिषद्ले सिनेटर वरुण घोषलाई संघीय संसदको सिनेटमा पश्चिमी अस्ट्रेलियाको प्रतिनिधित्व गर्न निर्वाचित गरेको छ ।’

अष्ट्रेलियाका समाचार संस्थाहरूका अनुसार घोष १७ वर्षको उमेरमा पर्थमा नै लेबर पार्टीमा प्रवेश गरेका थिए, त्यसको १८ वर्ष पछि उनी सिनेटरमा निर्वाचित भए । एजेन्सी

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार