देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

असार १ गतेदेखि लागू हुने गरी नयाँ कार्यालय समय निर्धारण

0

काठमाडौं – नेपाल सरकारले असार १ गतेदेखि लागू हुने गरी नयाँ कार्यालय समय निर्धारण गरेको छ। आइतबारको सार्वजनिक बिदा खारेज भएसँगै गृह मन्त्रालयले असार १ गतेदेखि लागू हुने गरी नयाँ कार्यालय समय निर्धारण गरेको हो।

जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठककले हाल परीक्षणको रुपमा लागू गरीएको हप्तामा दुई शनिबार र आइतबार सार्वजनिक बिदा दिनेसम्बन्धी निर्णय २०७९ असार १ देखि लागू हुने गरी खारेज गर्ने निर्णय गरेको थियो।

नयाँ तालिका अनुसार नेपाल राज्यभरका सवै सरकारी कार्यालयहरुमा आइतबारदेखि बिहीबारसम्म २०७९ असार १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय विहान १०:०० देखि अपरान्ह ५:०० बजेसम्म हुने छ।

यस्तै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १०:०० बजेदेखि अपरान्ह ४:०० बजेसम्म हुने छ। शुक्रबारको दिन भने कार्यालय समय बिहान १०:०० बजेदेखि अपरान्ह ३:०० बजेसम्म हुनेछ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार