देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

असोज १ गतेदेखि लामो दूरीका सवारी सञ्चालन हुने

0

काठमाडौं – सरकारले असोज १ गतेदेखि लामो दूरीका सवारी सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सो जानकारी गराएका हुन् ।

व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए ।

यात्रु राख्दा क्षमताको ५० प्रतिशत मात्र राख्नुपर्नेछ भने एउटा लहरमा एक जनामात्र यात्रु बस्नु पर्नेछ । यस सम्बन्धी थप मापदण्ड भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनाउने मन्त्री ज्ञवालीले जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार