देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अस्ट्रेलियाका ३० हजार घरमा विद्युत अवरुद्ध

0

रासस/सिड्नी – अस्ट्रेलियाको पूर्वी भागमा मंगलबारदेखि आएको भीषण आँधीबेहरीका कारण करिब ३० हजार घरमा विद्युतलाइन अवरुद्ध भएको छ । मङ्गलबार बेलुकी राजधानी क्यानबेरातर्फ फैलिएको सो आँधी पूर्वतिर अघि बढ्दै बेलुका न्यु साउथ वेल्स, क्वीन्सल्याण्ड र भिक्टोरियासम्म पुगेको थियो ।
राज्य आपतकालीन सेवा (एसईएस)का अनुसार सहयोगका लागि सिड्नीको दक्षिणी उपनगरबाट मध्यरातमा आठ सय भन्दा बढी टेलिफोन कल आएका थिए ।

मुख्यतयाः यी फोनहरु भाँचिएका रूखका डरले आएको एसईएसका निर्देशक पल बेलीले बताएको स्काई न्यूजलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । रुखले सडकमा गुडिरहेका कैयौं कारलाई थिचेको थियो ।

केही भागहरूमा प्रति घण्टा १०० किलोमिटरका हिसाबले आँधीबेहरी आएको बताइएको छ । सिडनीको पश्चिममा रहेको ब्रिन्जेली सपिङ्ग सेन्टरको छानाका केही भागहरू हावाले उडाएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार