देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘अस्ति झन्डा हल्लाएर अख्तियारमा बयान दिन जानु भएको होइन ?’ – लामिछाने

0

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा उजुरी पर्दैमा आफूले पदबाट राजीनामा नदिने बताएका छन् ।

आफूविरुद्ध ठाडो उजुरी परेको जिकिर गर्दै लामिछानेले त्यस्तो उजुरीका भरमा राजीनामा दिने हो भने सर्वदलीय सहमति गर्नुपर्ने बताए ।

उपप्रधानमन्त्री लामिछानेले भ्रष्टाचारको उजुरी पर्दैमा राजीनामा दिने हो भने त्यसमा सहमति गरेर अघि बढ्न कांग्रेस तयार हुनुपर्ने बताएका छन् ।

कांग्रेसले संसदीय मर्यादाको ख्याल गर्नुपर्ने गृहमन्त्री लामिछानेको भनाइ थियो । हामीले त भनेका छौं नि प्रश्न उठने बित्तिकै, कसैले ठाडो जाहेरी, सूचना, निवेदन दिने बित्तिकै तुरुन्तै सांसदले राजीनामा दिउँ, मन्त्रीले राजीनामा दिउँ, संसदीय समिति बनाउ । हामीले हुन्छ भनिसक्यौं, नाइँ भनेका छैनौं ।’

लामिछानेले २०४७ सालभन्दा पछिका घटनाको स्वतन्त्र रुपमा एउटा बृहत् छानबिन समिति गठन गर्नुपर्ने बताए । ‘२०४७ सालदेखि आजसम्मका सम्पूर्ण कुराहरूको छानबिन गरौं । सरकारको न्यूनतम साझा कार्यक्रममा पनि हामीले भनेका छौं कुनै पनि कालखण्डका भ्रष्टाचारको छानबिन गर्नुपर्छ,’ उनले भने, ‘अस्ति राजीनामा दिनुभएको हो र ? झन्डा हल्लाएर अख्तियारमा बयान दिन जानु भएको हो । राजीनामा दिए जस्तो त मलाई लागेन । सबै किसिमका नजिरहरू छन् । सबै किसिमका अभ्यास छन् ।’

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार