देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘अस्ति थोत्रो पार्टीको एउटा ठिटोले मलाई गाली गरेको सुनेथेँ’ – ओली

0

काठमाडौं – एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले गालीको कुटीर उद्योग चलाइरहेको आरोप लगाएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माप्रति इंगित गर्दै कांग्रेसले आफूहरू विरुद्ध बेइमानी र झुटो बोलेर गालीको कुटीर उद्योग चलाइरहेको बताएका हुन्।

केही दिनअघि प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा महामन्त्री शर्माले नयाँ सत्ता समीकरण बने सँगै अध्यक्ष ओलीको गालीको कुटीर उद्योग बन्द हुने बताएका थिए।

यसैको जवाफमा अध्यक्ष ओलीले महामन्त्री शर्मालाई थोत्रो पार्टीको ठिटोको उपमा दिँदै भने, ‘अस्ति थोत्रा पार्टीको एउटा ठिटाले मलाई गाली गरेको सुनेथेँ। गालीको कुटीर उद्योग बन्द हुन्थ्यो, कुटीर उद्योग नै होइन नि यो। किन चलाउनुपर्छ उद्योग। चलाउनै पर्दैन नि। गालीको कुटीर उद्योग त उनीहरुले चलाइरहेका छन । हाम्राविरुद्ध झुट बोलेर, बेइमानी गरेर।’

अध्यक्ष ओलीले आफूभन्दा माथिका नेताहरूलाई अपमान गर्नेगरी सामाजिक सञ्जालमा स्ट्याटस नलेख्न समेत कार्यकर्तालाई निर्देशन दिएका छन्।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार