देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अस्पतालमा चिकित्सक र कर्मचारी अभाव हुन नदिनु – स्वास्थ्य मन्त्रालय

0

काठमाडौं – सरकारले देशभरका अस्पताल र प्रयोगशालाहरूमा महामारीका बेला कर्मचारीको अभाव हुन नदिन ब्यवस्था मिलाउन निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सचिवस्तरीय निर्णयबाट देशभरका अस्पताल र प्रयोगशालाहरूलाई पत्राचार गर्दै जनशक्ति अभाव हुन नदिन निर्देशन दिएको हो ।

मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालक केन्द्रले कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार गर्न स्वीकृत दरबन्दी अनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ती व्यवस्थापन गर्न समेत निर्देशन दिएको छ ।

त्यसैगरी मन्त्रालयले करारमा भर्ना भएका स्वास्थ्यकर्मी/ कर्मचारीहरुको करार अवधि आवश्यकता अनुसार २०७८ माघ महिनादेखि बढीमा ३ महिनासम्म थप्प सकिने पनि जनाएको छ ।

helth.jpg.jpg
द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार