देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आँबुखैरेनीमा बस दुर्घटना हुँदा ३ को मृत्यु

0

(तनहुँ) – पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीस्थित ऐनापहरा नजिक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दजनौं घाइते भएका छन् । पोखराबाट दाङ जाँदै गरेको ना ५ ख ४२९४ नम्बरको बस करीब एक सय मिटर तल नदी किनारमा खसेको हो ।

सल्यानका २२ वर्षीय सन्दीप ओली र ४० वर्षीय चूडामणि रेग्मीको मृत्यु भएको हो । अर्का एक मृतकको पहिचान नखुलेको डीएसपी लीलाराज लामिछानेले बताए ।

बसमा के कति संख्यामा यात्रु सवार थिए भन्ने एकिन नभएको र घटनाको थप विवरण आउन बाँकी छ । दुर्घटनामा परेको बस नदीमा नै रहेको, कतिपय घाइते बसले च्यापिएको र कोही ढुंगाले च्यापिएकाले घाइते संख्या यकिन गर्न नसकिएको प्रहरीले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार