देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आइतबारको संसद् बैठकको सम्भावित कार्यसूचिमा पनि परेन एमसीसी

0

काठमाडौं – आइतबार बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचि सार्वजनिक भएको छ। राजनीतिक दलहरुबीच तीव्र चर्चा र विवादको विषय बनेको अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदको सम्भावित कार्यसूचिमा परेको छैन।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचिमा आइतबार बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन (आव २०७७/०७८) पेस गर्ने विषय उल्लेख छ।

सत्तारुढ दल नेपाली कांग्रेसले एमसीसी सम्झौता संसद्‌मा टेबुल गरी जतिसक्यो छिटो पारित गर्नुपर्ने बताउँदै आएको छ। सत्तारुढ गठबन्धनकै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी यथास्थितिमै एमसीसी पास गर्न नहुने पक्षमा छन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार