देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आइतबार थप १ हजार ६६९ जनामा कोरोना पुष्टि

0

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले एक हजार १४ पुरुष र ६५५ जना महिलामा संक्रमण देखिएको जानकारी दिए । यो सँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा मात्रै ५४२ पुरुष र ४१५ महिला गरी ९ सय ५७ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ७७३, भक्तपुरमा ५३ र ललितपुरमा १३१ जना नयाँ संक्रमित थपिएका हुन् ।

देशभरी सकृय संक्रमितको संख्या हालसम्म १९ हजार ९ सय ६३ जना पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ६० हजार ७५ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ८ हजार ३२ पीसीआर परीक्षण भएका छन् ।

आइतबार थप ५ हजार ६९९ जना कोरोना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका छन् । नेपालमा यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको १ लाख ९९ हजार २४ संख्या पुगेको छ ।

यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३२१ पुगेको मन्त्रालयले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार