देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आइतबार थप ४२५ जनामा कोरोेना संक्रमण पुष्टि

0

(काठमाडौं) – नेपालमा आइतबार थप ४ सय २५ जनामा कोरोेना भाइरसको संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा मुलुकका विभिन्न जिल्लामा गरी ४२५ जनामा संक्रमण देखिएको जानकारी दिए ।

पछिल्लो २४ घण्टामा थप ६१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या ९७४ पुगेको छ । जसमध्ये पुरुष ८७७ र महिला ९७ जना छन् । कुल संक्रमित मध्ये १९ जनाको मृत्यु भएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार