देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आइतबार नेप्से ३.४५ अंकले बढ्यो

0

साझा खवर/काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार नेप्से ३.४५ अंकले बढ्दा परिसूचक ११३५.३७ बिन्दुमा कायम भएको छ । १ सय ७१ वटा कम्पनीको ९ लाख ८७ हजारभन्दा बढी कित्ता शेयर २८ करोड ७५ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

ट्रेडिङ, विकास बैंक, बैंक, होटल, माईक्रोफाइनान्स र अन्य क्षेत्रमा हरीयाली छाएको छ भने अन्य कम्पनीहरुको उपसूचकमा गिरावट आएको छ ।

आज कञ्चन डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयर ७ प्रतिशतले बढेको छ । तर, नेसनल माईक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले भने आज सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको शेयर ४ प्रतिशतले घटेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार