देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आइतबार विदेशबाट ९२१ यात्रु नेपाल फर्किए

0

(काठमाडौं) – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार अन्तर्राष्ट्रिय र आन्तरिक गरी १६ चार्टर उडान भएका छन् । अन्तर्राष्ट्रिय तर्फ १० र आन्तरिक तर्फ छ यात्रु उद्धार तथा कार्गो उडान भएका विमानस्थल कार्यालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय उडानबाट मात्रै ९ सय २१ यात्रु नेपाल भित्रिएका छन् । उनीहरुमध्ये अधिकांश विदेशमा अलपत्र परेर स्वदेश फर्किएका नेपाली हुन् । यसअघि यही असार ५ गते पनि एकैदिन अन्तर्राष्ट्रियतर्फ ९ र आन्तरिकतर्फ पाँच गरी १५ उडान भएका थिए ।

आइतबार नेपाल एयरलाइन्सले सर्वाधिक चार, हिमालय एयरलाइन्सले दुई, जजीरा एयरले दुई र फ्लाइट दुबईले समान दुई उडान गरेका छन् । नेपाल एयरलाइन्सले साउदी अरेबियाको रियादबाट २४६ यात्रु र एक बच्चा ल्याएको छ ।

सोही एयरलाइन्सले कतारको दोहाबाट १४६ यात्रु र तीन बच्चा ल्याएको छ । दुबई र ढाकाबाट थप यात्रु ल्याउन निगमको जहाज त्यसतर्फ प्रस्थान गरेको विमानस्थल कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ । यस्तै, हिमालय एयरलाइन्सले अबुधाबीबाट १५२ यात्रु र एक बच्चा, मलेसियाबाट २१ यात्रु ल्याएको छ ।

जजीरा एयरले कुवेतबाट १६१ यात्रु र पाँच बच्चा ल्याएको छ भने सोही गन्तब्यबाट थप यात्रु ल्याउन जजीरा एयर त्यसतर्फ प्रस्थान गरेको विमानस्थलले जनाएको छ । त्यसैगरी फ्लाइट दुबईले १८४ यात्रु र पाँच बच्चा ल्याएको छ ।

सोही एयरलाइन्सले दुबईबाट कार्गो ल्याउन प्रस्थान गरेको बताइएको छ । आन्तरिकतर्फ आज तारा एयरको लुक्लामा एक, मनाङ एयरको लुक्लामा तीन उडान भएका छन् । कैशाल एयरको संखुवासभामा एक र बुद्ध एयरको एक लोकल उडान भएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार