देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आइपीएलमा कोलकत्तासँग हैदराबाद ७ विकेटले पराजित

0

एजेन्सी –  युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले पहिलो जित निकालेको छ । अबुधाबीमा शनिबार राति भएको खेलमा सनराईजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्दै कोलकत्ताले पहिलो जित निकालेको हो ।

जितको लागि १ सय ४३ रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले तीन विकेटको क्षतिमा १८ ओभरमा पूरा गर्यो । कोलकाताको जितमा युवा ब्याट्सम्यान तथा ओपनर सुवमन गिल ६२ बलमा ५ चौका र २ छक्का सहित ७० रनमा अविजित रहे । ओईन मोर्गन २९ बलमा ३ चौका र २ छक्का सहित ४२ रनमा अविजित रहे ।

यसअघि अबुधाबीको शेख जायद स्टेडियममा पहिले टस जितेर ब्याटिङ रोजेको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १४२ रन बनाएको थियो । हैदराबादका लागि मनिस पाण्डेले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ३८ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।

कप्तान डेभिड वार्नरले ३६, रिद्धिमान साहाले ३० र मोहम्मद नावीले ११ रन बनाए । अन्यले दोहोरो अंकको रन जोड्न सकेनन् । हैदराबादलाई ओपनर जोनी बेयरस्टो र डेभिड वार्नरले ४ ओभरमा २४ रनको साझेदारी गरेका थिए । ऋद्धिमन शाह ३१ बलमा १ चौका र १ छक्का प्रहार गरी ३० रनमा रनआउट भए । मोहम्मद नाबी ८ बल खेल्दै ११ रनमा अविजित रहे । आइतबार राजस्थान रोयल्स र किंग्स इलेभन पन्जाबबीच खेल हुनेछ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार