देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आईपीएलमा बैंग्लोरको तेस्रो जित

0

काठमाडौं – ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोरले तेस्रो जित हात पारेको छ । शनिबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ८ विकेटले हराउँदै बैंग्लोर तालिकाको शीर्ष स्थानमा पुगेको हो ।

शेख जायद क्रिकेट स्टेडियममा राजस्थानले दिएको १ सय ५५ रनको लक्ष्य बैंगलोरले १९ ओभरमा १ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

बैंगलोरको जितमा कप्तान विराट कोहलीले ७२ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ५३ बलमा ७ चौका र ६ छक्का प्रहार गरे । कोहलीले यस खेलसँगै आईपीएलमा आफ्नो ५ हजार ५ सय रन समेत पुरा गरे ।

यस्तै देभदुत पड्डीकलले ६२ रनको अर्धशतकीय इनिङ्स खेल्दा एबी डी भिलियर्स १२ रनमा अविजित रहे । आरोन फिन्च ८ रनमा आउट भए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । राजस्थानका लागि महिपाल लोमररले सर्वाधिक ४७ रन बनाए । यस्तै जोस बट्लरले २२ रन जोड्दा कप्तान स्टिभ स्मिथ ५ रनमा आउट भए ।

रोबिन उथप्पा १७ रनमा आउट हुँदा रियान परागले १६ रन जोडे । राहुल टेवाटियाले अविजित २४ रन जोड्दा जोफ्रा आर्चरले अविजित १६ रन बनाए । बैंगलोरका युजभेन्द्र चाहलले ३ विकेट लिए । इसुरु उडानाले २ तथा नाभदिप सैनीले १ विकेट लिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार