देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आईफोन-१२ सिरिजका चार नयाँ मोडल सार्वजनिक

0

काठमाडौं – अमेरिकाको प्रविधि कम्पनी एप्पलले आईफोन-१२ सिरिज लन्च गरेको छ । मंगलबार भएको एक डिजिटल इभेन्टमा एप्पलले आफ्ना चार नयाँ मोडल सार्वजनिक गरेको हो ।

आईफोन-१२ ह्यान्डसेटहरू तीव्र गतिमा ५ जी नेटवर्कमा काम गर्ने पहिलो फोन हुने कम्पनीले पुष्टि गरेको छ । एप्पल प्रमुख टिम कुकले भने, ‘हामीले आईफोनको पूरै सिरिज फाईभजीमा ल्याएका छौं । आईफोनका लागि यो एक नयाँ युगको शुरुआत हुनेछ ।’

एप्पलले आइफोन-१२ को ६४, १२८ र २५६ जीबी स्टोरेज, आइफोन-१२ मिनीको ६४, १२८ र २५६ जीबी स्टोरेज र आइफोन-१२ प्रो १२८, २५६ र ५१२ जीबी स्टोरेज तथा आइफोन-१२ म्याक्स प्रो १२८, २५६ र ५१२ जीबी स्टोरेज क्षमता भएको फोन लन्च गरेको हो ।

स्क्रिन साइजमा परिवर्तन
आईफोन-१२ प्रोको स्क्रिन पहिलेका आईफोनको तुलनामा ठूलो हुनेछ । तर, नयाँ आईफोनमा हेडफोन वा चार्जर हुने छैनन् । वातावरणीय पर्यावरणमा यसको प्रभावलाई कम गर्नका लागि हेडफोन वा चार्जरको प्रयोग हटाइएको कम्पनीले जनाएको छ ।

एप्पलका अनुसार आईफोन-१२ को स्क्रिन ६.१ इन्च हुनेछ भने पहिलेको तुलनामा यी सिरिजका फोन ११ प्रतिशत पातलो र १६ प्रतिशत हलुका हुनेछन्। कम्पनीले फोनमा रिजोल्यूसन धेरै हुने र तीनमा सिरामिक सिल्डको प्रयोग गरिएको जनाएको छ ।

आईफोन-१२ प्रोको स्क्रिन ६.१ इन्चको हुनेछ भने आईफोन-१२ प्रो म्याक्सको स्क्रिन आकार ६.७ इन्चको हुनेछ । यी फोनमा पहिलोपटक ए-१४ बायोनिक चिप लगाइएको छ जसलाई पाँच न्यानोमिटरको प्रोसेसरमा बनाइएको छ । यसले तस्बीर अझ राम्रो हुने कम्पनीको दाबी छ ।

नेपाली बजारमा यसको मूल्य 

सार्वजनिक गरिएका आईफोनको मूल्य १ लाख १० हजार ३ सय ६५ रूपैयाँदेखि करीब दुई लाख ५ हजार रूपैयाँको बीचमा रहेको छ । कम्पनीले सार्वजनिक गरेको मूल्यसूचि अनुसार आईफोन-१२ मिनिको मूल्य १ लाख १० हजार १ सय ९९ रूपैयाँ छ भने आईफोन १२ को मूल्य १ लाख २५ हजार ९ सय ६४ रूपैंया रहेको छ ।

यस्तै, आईफोन-१२ प्रो र आईफोन-१२ प्रो म्याक्सको मूल्य क्रमशः १ लाख ८९ हजार २५ तथा २ लाख ४ हजार ७ सय ९० रूपैयाँ तोकिएको छ । यी मोडलहरूमा स्टोरेज अनुसार मूल्य फरक पर्न सक्नेछ ।

बिना फ्ल्यास नै रातमा सेल्फी 

नयाँ आईफोनबाट फ्ल्यासको प्रयोगबिना नाइट- मोडमा सेल्फी लिन सकिने कम्पनीले जनाएको छ । यसका अलावा कलर-कन्ट्रास्ट र आवाजको सवालमा पनि आईफोनको विशेषता पहिले भन्दा राम्रो छ । आईफोन-१२ मा १२ मेगापिक्सेलका दुई वटा वाइड एङ्गल क्यामरा दिइएको छ ।

यसबाट कम प्रकाशमा पनि राम्रो तस्बीर खिच्न सकिने दाबी कम्पनीको छ । यस्तै, आईफोन-१२ मा नाइट मोडमा टाइमल्याप्स विशेषता सहितको भिडिओ रेकर्डिङ सुविधा दिइएको छ । यसले पनि कम प्रकाशमा राम्रो भिडिओ रेकर्डिङ गर्नेछ ।

फाईभ जी प्रविधि

सामसङले पहिलो पटक सन् २०१९ फरवरीमा फाईभजी प्रविधियुक्त ग्यालेक्सी एस-टेन सार्वजनिक गरेको थियो । त्यसपछि हुवावे, वान प्लस र गुगलले पनि फाईभ जी प्रविधिको फोन सार्वजनिक गरेका थिए । तर, विज्ञहरूले प्रयोगकर्ता माझ यी विशेषता प्रति एकदमै कम रूचि भएको बताएका छन् ।

प्रविधि शोध कम्पनी फरेस्टरका थोमस हसनले एप्पलले सायदै नयाँ प्रविधि सार्वजनिक गर्ने गरेको बताउँदै एप्पल प्रविधि परिपक्व हुने पर्खाइमा बस्ने र ग्राहकलाई एउटा नयाँ किसिमको अनुभव दिने प्रयासमा रहने गरेको बताए । एप्पलले आफ्नो नयाँ फोनलाई फाईभजीको ३.५ गिगाबाइट प्रतिसेकेण्डको गतिमा परीक्षण गरेको जनाएको छ । यसको अर्थ करीब २० गिगाबाइटको सिनेमा मात्र ४५ सेकेन्डमा डाउनलोड हुनेछ ।

फ्यूचरसोर्स कन्सलटेन्सीका स्टीफन मियर्सले भने, ‘ब्याट्री बचाउनका लागि आईफोन-१२ को फोजी र फाईभजीका बीचमा परिवर्तन गर्न सकिने यो क्षमताले ग्राहकका लागि सँधै फाईभजी उपलब्ध हुनुपर्छ भन्ने जरूरी छैन ।’ तर, कम्पनीले ग्राहकको अनुभव नेटवर्क र क्षेत्रको हिसाबले फरकफरक हुने र फाईभजी सेवा सँधै चालू नहुने बताएको छ ।

फाईभजी सुरू गर्ने दोश्रो युरोपीय देश बेलायत हो । यसबाट बेलायतलाई फाइदा भयो तर यसको क्षेत्र भने धेरै नै छिटपुट रह्‍यो । अमेरिका एप्पलको सबैभन्दा ठूलो बजार हो । त्यहाँ फाईभजीको गति एकदमै कम छ ।

एक अध्ययनका अनुसार क्यानडामा फोजी नेटवर्क अमेरिकाको फाईभजी भन्दा गतिवान छ । केही देशमा फाईभ जी प्रविधि आमजनताका लागि अझै उपलब्ध हुन सकेको छैन् । चीन एप्पलको दोश्रो ठूलो बजार हो । चीन सरकारले देशमा फाईभ जीलाई निकै महत्व दिएको छ र हालै उसले बेइजिङ र शेनजेनमा फाईभजी नेटवर्कको काम पूरा भएको जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार