देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आईसीसी यू-१९ विश्वकप क्रिकेट: नेपाल सुपर सिक्समा प्रवेश

0

काठमाडौं -अफगानिस्तानलाई हराउँदै नेपाल आईसीसी १९ वर्षमुनिकाे विश्वकप क्रिकेटकाे ‘सुपर सिक्स’ मा पुगेकाे छ ।

दक्षिण अफ्रिकाकाे इस्ट लन्डनमा आज भएकाे खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले हरायाे । अफगानिस्तानले दिएकाे १ सय ४६ रनकाे लक्ष्य नेपालले ४४ ओभर ४ बलमामा ९ विकेट गुमाएर भेटायाे । नेपालका कप्तान देव खनालले अर्धशतक बनाए । देव ८९ बलमा ५८ रन बनाएर आउट भए । यस्तै दीपक बोहराले २७ रन जोडे ।

यसअघि टस जितेर ब्याटिङ गरेकाे अफगानिस्तान ४० ओभर १ बलमा एक सय ४५ रन बनाउँदा अल आउट भयाे । अफगानिस्तानका माेहम्मद घजनफरले सर्वाधिक ३७ रन बनाए । नेपालका आकाश चन्दले ५ विकेट लिए ।

टस जितेको अफगानिस्तानले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। 

यसअघिका २ खेलमा हार बेहोरेको नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुग्न सफल भएको हो।

नेपाल समूह चरणको पहिलो खेलमा न्यूजिल्याण्डसँग ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो। 

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार