देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आईपीयू गभर्निङ काउन्सिलको २०६ औं अधिवेशन सुरु

0

काठमाडौं – विश्वका संसदहरुको साझा मञ्च अन्तर व्यवस्थापिका संघ (आईपीयू) को गभर्निङ काउन्सिलको २०६ औं अधिवेशन सुरु भएको छ ।

नेपाली समय अनुसार आइतबार रातिबाट सुरु भएको ‘भर्चुअल’ सम्मेलन चार दिनसम्म चल्नेछ । सो अधिवेशनमा नेपालका तर्फबाट संघीय संसद प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, प्रतिनिधि सभाका सदस्य रामकुमारी झाँक्री र राष्ट्रिय सभाका सदस्य जितेन्द्र नारायण देवले गभर्निङ काउन्सिल सदस्यका रुपमा सहभागिता जनाएका छन् ।

यस्तै, अधिवेशनमा सांसद एकवाल मियाँ पर्यवेक्षकका रुपमा सहभागी छन् । गभर्निङ काउन्सिलको जारी अधिवेशनले आई पी यूका लागि नयाँ अध्यक्ष चयन गर्नेछ ।

हरेक गभर्निङ काउन्सिल सदस्यले गोप्य मतदान मार्फत अध्यक्षको चयन गर्ने छन् । मतदान ‘भर्चुअल’ माध्यमबाट भएको छ । अधिवेशनमा नेपाल सहित १६२ देशका प्रतिनिधिहरुको सहभागीता रहेको छ । यो अधिवेशनमा आई पी यू को अध्यक्ष पदका लागि पाकिस्तान, पोर्चुगल, उज्वेकिस्तान र क्यानडाका प्रतिनिधिले उमेदवारी दिएका छन् ।

आई पि यू अध्यक्षको कार्यकाल तीन वर्षको हुनेछ । यसैबीच नेपालबाट आईपीयूको गभर्निङ काउन्सिलको २०६ औं अधिवेशनमा सहभागी सभामुख अग्निप्रसाद सापकोटा सहित सांसद रामकुमारी झाँक्री र राष्ट्रिय सभाका सदस्य जितेन्द्र नारायण देवले पनि गोप्य मतदान गरेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार