देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आगामी जुलाईमा आम निर्वाचनको घोषणा गर्दै बेलायतको संसद भंग

0
<p>वेलायती प्रधानमन्त्री ऋषि सुनक</p>

वेलायती प्रधानमन्त्री ऋषि सुनक

काठमाडौं – बेलायतको संसद विघटन गरिएको छ । प्रधानमन्त्री ऋषि सुनकले सिफारिश गरेको संसद भंगको प्रस्ताव राजा चाल्र्स तृतीयले स्वीकृत गरेसँगै संसद भंग भएको हो ।

प्रधानमन्त्री सुनकले आगामी जुलाई ४ मा आमनिर्वाचन गर्ने घोषणा गरेका छन् । सत्तारुढ कन्जरभेटिभ्स पार्टीका सांसदले प्रधानमन्त्री सुनकलाई हटाउन खोजेपछि प्रधानमन्त्री सुनकले अर्ली इलेक्सनमा जाने निर्णय लिएका हुन् ।

आउँदो वर्षको जनवरीतिर आम निर्वाचन हुने अवस्थामा प्रधानमन्त्री सुनकले ७ महिना अगावै निर्वाचन मिति घोषणा गरेका हुन् ।

उनले निर्वाचनका कारण मुलुकको अर्थतन्त्रमा कुनै समस्या नरहने बताएका छन् । सुनक(Rishi Sunak) ले कन्जरभेटिभ सरकारले राष्ट्रिय स्वास्थ सेवामा खर्च वृद्धि र शिक्षामा प्रगति हासिल गरेकोमा गर्व गरेका छन् ।

विपक्षी दल लेबरका नेता केयर स्टारमरले प्रधानमन्त्रीको चुनावको घोषणाले देशमा झन् राम्रो परिवर्तनका लागि अवसर प्राप्त भएको प्रतिक्रिया दिएका छन् ।

बेलायतमा सदा झै बिहिबार हुदै आएको आम निर्वाचन यस पटक पनि बिहिबार नै हुने भएको छ । एजेन्सी

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार