देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आगामी शुक्रबार बजेट अधिवेशन बोलाउन सिफारिस

0

(काठमाडौं) – सरकारले आगामी शुक्रबार बैशाख २६ गते बजेट अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी शुक्रबार बजेट अधिवेशन बोलाउन राष्ट्रपति भण्डारी समक्ष सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

संघीय संसद्को संयुक्त सदनमा जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार सरकारले बजेट अधिवेशनको तयारी थालेको हो । त्यसपहिले नै प्रि–बजेट छलफल गर्ने परम्परा छ ।

बजेटअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र छलफल गरी पारित गर्नुपर्ने हुन्छ । संसद अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले बोलाउने व्यवस्था छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार