देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आजदेखि अष्ट्रेलिया खुल्यो, को को जान पाउँछन ?

0

काठमाडौं – अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा बुधबारदेखि खुला भएको छ।

यो सँगै कोरोना भाइरसविरूद्धको मान्यताप्राप्त खोपको दुबै मात्रा लगाएका अन्तर्राष्ट्रिय विद्यार्थी र भिसाबाहकले अष्ट्रेलिया प्रवेश पाउने भएका छन्।

सरकारको पछिल्लो निर्णयसँगै भिसा लागेर अष्ट्रेलिया जान नपाएका विद्यार्थी, अभिभावक र अन्य नागरिकहरू निश्चित मापदण्ड पुरा गरेर जान पाउने भएका छन्।

कोभिड-१९ महामारीपछि सन् २०१९ को मार्चबाट बन्द भएको अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा प्रतिबन्ध क्रमशः खुकुलो गर्दै लगेको हो।

करिब पाँच हजार नेपाली विद्यार्थी अष्ट्रेलियाका विभिन्न विश्वविद्यालय तथा कलेजमा भर्ना भएर नेपालबाटै अनलाइन पढाइ गर्दै डलरमा शुल्क तिरीरहेका छन्।

हाल अस्ट्रेलियामा अध्यनरत करिब तीस हजार अन्तर्राष्ट्रिय विद्यार्थीको टीआर भिसाको समयावधि सकिन लागेको छ।

स्नातक तहको पढाई सकिएपछि प्राप्त हुने यो अवसर गुमाएका हजारौं अन्तर्राष्ट्रिय विद्यार्थी देश बाहिर रहेकोले अस्ट्रेलिया आउन नपाएका वा फसेकाले यो अवसरका लागि पुनः आवेदन दिन पाउने भएका हुन्।

संघीय सरकारले बिहीबार गरेको निर्णय अनुरूप वर्तमान भिसावाहक वा सन् २०२० को फेब्रुअरी १ तारिख वा त्यसपछि भिसा समाप्त भएका मानिसलाई भिसा पुनः प्राप्त गर्न आवेदन दिन अनुरोध गरिएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार