देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आजदेखि तीन दिनसम्म संविधान दिवस मनाइँदै, घर-घरमा राष्ट्रिय झण्डा फहराउन सरकारको अनुरोध

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – नेपालमा शनिबार (आज)देखि तीन दिनसम्म सातौँ संविधान दिवस मनाइने भएको छ ।

नेपालमा संविधान जारी भएको छ वर्ष पुगेर सात वर्ष लागेको अवसरमा सरकारले संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाउन आग्रह गरेसँगै शनिबारदेखि सोमबारसम्म तीन दिन संविधान दिवस मनाउन लागिएको हो ।

२०७२ साल असोज ३ गते संविधान सभाबाट सङ्घीयतासहितको ‘नेपालको संविधान’ जारी भएको थियो । त्यही दिनलाई राष्ट्रिय पर्वका रूपमा मानेर हरेक वर्ष संविधान दिवस तीन दिनसम्म देशभर हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।

सरकारले संविधान दिवस मनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा सातौँ संविधान दिवस मूल समारोह आयोजक समिति गठन गरेको छ  ।

सरकारले शनिबारदेखी तीन दिन देशभरि र विदेशमा रहेका  नेपाली कुटनीतिक नियोग तथा निकायमा विभिन्न कार्यक्रमका साथ मनाउन तथा संविधान दिवसका दिन नेपालको राष्ट्रिय झण्डा आआफ्ना घरमा सम्मानका साथ राख्न अनुरोध गरेको छ ।।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार