देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आजदेखि निजी सवारीमा लगाइएको जोरबिजोर प्रणाली हट्ने

0

काठमाडौँ – काठमाडौं उपत्यकामा चल्ने निजी सवारी साधनका लागि लगाइएको जोर-बिजोर प्रणाली आज (आइतबार)देखि हटाउने तयारी गरिएको छ ।

पछिल्लो समय कोरोना भाइरस संक्रमणको दरमा निरन्तर कमी आउन थालेपछि आज राती १२ बजेदेखि लागू हुने गरी जोरबिजोर प्रणाली हटाउने तयारी गरिएको हो ।

यसअघि सरकारले संक्रमण दर उच्च रहेको भन्दै गत माघ ८ गतेदेखि उपत्यकाभित्र चल्ने सबै प्रकारका सवारीमा जोरबिजोर लागू गरेको थियो । तर पछि जोरबिजोरले नै भीडभाड बढाएको भन्दै सर्वत्र आलोचना भएपछि १४ माघदेखि ट्याक्सीबाहेकका सार्वजनिक यातायातमा जोरबिजोर हटाइएको थियो।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार आज दिउँसो सिसिएमसीको बैठक बस्ने तयारी भएको छ ।  उक्त बैठकले जोरबिजोर प्रणालीबारे छलफल गर्ने छ । संक्रमण दरलाई हेरेर जोरबिजोरबारे नयाँ निर्णय लिइने बुझिएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार