देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आजदेखि मेलम्चीको पानि काठमाडौं पठाइँदै

0

सिन्धुपाल्चोक – मेलम्चीको खानेपानी आयोजनाबाट मङ्गलबारदेखि पुनः काठमाडौँ उपत्यकामा पठाइने भएको छ ।

मङ्गलबार बिहान खानेपानीमन्त्री उमाकान्त चौधरीले सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची आयोजनाको मुख्य द्वार ३८ नम्बरको ढोका खोली सुरुङमा पानी पठाएर आयोजना पुनः सञ्चालन गरिने आयोजनाले जनाएको छ ।

असार १ र साउन १७ गते सिन्धुपाल्चोकको मेलम्चीखोलामा आएको बाढीले आयोजनामा क्षति पु-याएपछि आयोजनाबाट पानी सञ्चालन पूर्ण रूपमा बन्द भएको थियो ।

नेपाल सरकारद्वारा सार्वजनिक नीति तथा कार्यक्रममा समेत मेलम्ची खानेपानी आयोजना चैत मसान्तभित्र काठमाडौँ उपत्यकामा ल्याउने प्रतिबद्धता व्यक्त गरिएको थियो । क्षतिग्रस्त आयोजनाको सफाइ तथा मर्मत सम्पन्न भई पानी पुनः पठाउन लागिएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्यालजेन शेर्पाले बताए ।

मङ्गलबार आयोजना पुनः सञ्चालनमा आएपछि २७ किलोमिटर सुरुङमार्गमार्फत दैनिक १७ करोड लिटर पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पठाइनेछ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार