देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आजदेखि रास्वपाको दवाव अभियान, मेलम्चीमा लामीछानेले उद्घाटन गर्ने

0

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि राष्ट्रव्यापी दवाव अभियान गर्ने भएको छ ।राष्ट्रिय गौरवका आयोजनाहरूमा सरकारले अपेक्षा अनुरुप काम गर्न नसकेको भन्दै रास्वपाले राष्ट्रव्यापी दवाव अभियान गर्न लागेको हो ।

आइतबारदेखि दुई महिनासम्म सञ्चालन हुने दवाव अभियानको सभापति रवि लामिछानेले सिन्धुपाल्चोकको मेलम्ची बजारमा आइतबार (आज) उद्घाटन गर्दैछन् ।

मेलम्ची खानेपानी आयोजनाको काम यथासीघ्र सम्पन्न गर्न माग गर्दै रास्वपाले अभियानको प्रारम्भ गर्न लागेको हो । रास्वपाका अनुसार सिन्धुपाल्चोक–काठमाडौं दवाव यात्राको नेतृत्व भने सांसद सोविता गौतमले गर्दैछिन् ।

सभापति लामिछानेले भरतपुरको ‘नारायणगढ–पुल्चोक–गोन्द्राङ’ सडकमा दवाव यात्रा गर्ने कार्यक्रम छ । अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन–तीन वटा योजना छनोट गरी २१ आयोजना निर्माणका लागि दवाव दिइने रास्वपाले जनाएको छ ।

रुग्ण र अलपत्र पारिएका विकास आयोजनाको काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यका साथ रास्वपाले राष्ट्रव्यापी दवाव अभियान सञ्चालन गर्न लागेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । उनका अनुसार २१ आयोजनामा २० सांसद र महामन्त्री मुकुल ढकालको नेतृत्वमा २१ वटा दवाव यात्रा हुँदैछन् ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार