देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आजबाट भारत र चीनतर्फको नाका एक साताका लागि बन्द

0

(काठमाडौं) – सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । आज बिहान १० बजे देखि आगामी १६ गतेसम्म सबै अन्तर्राष्ट्रिय सीमा नाका यात्रु आवागमनमा प्रतिबन्ध लगाएको हो । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले दुबै देशको सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

विश्वव्यापी महामारीका रुप लिएको कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिमलाई ख्याल गर्दै मन्त्रिपरिषद् बैठकले छिमेकी देश चीन र भारतको सीमा नाकाबाट एक साताका लागि आउजाउ बन्द गर्ने निर्णय गरेको हो । दक्षिणी सीमा नाकाबाट आवागमन तीव्र भएर कोभिड–१९ संक्रमणको जोखिम बढेपछि मन्त्रिपरिषद्को बैठकले नाका बन्द गर्ने निर्णय आइतबार लिएको हो ।

मानिसको आउजाउ रोकिए पनि सामान ढुवानी नियमित हुनेछ  । उत्तरी सीमामा दुइटा मोटरेबल र अरू चारवटा गरी ६ र दक्षिणी सीमामा ३९ वटा मोटरेबल र १ सय २५ वटा आउजाउ गर्न मिल्ने गरी १ सय ६४ वटा नाका छन् । भारतले पनि आइतबार मध्यरातिबाट लागू हुने गरी अन्तरप्रदेश बस सेवा र रेल सेवा बन्द गर्ने निर्णय गरेको छ । लगतै नेपाल सरकारले पनि एक साताका लागि चीन र भारततर्फका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

सम्बिन्धत समाचार :

सीमा बन्द भएपनि इन्धन र उपभोग्य वस्तु ढुवानीमा असर नपर्ने

सोमबारबाट चीन र भारततर्फको नाका बन्द गर्ने सरकारको निर्णय

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार