देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आजबाट सुपथ मूल्यको पसल खुल्ने, कुन सामानमा कति छुट !

0

काठमाडौं – सरकारले दर्शै, तिहार र छठ जस्ता चाडपर्व लक्षित बिहीबार (आज) बाट सुपथ मूल्यको पसल सञ्चालनमा ल्याउँदैछ । साल्ट ट्रेडिङ, दुग्ध विकास संस्थान र खाद्य संस्थानले चाडपर्व लक्षित सुपथ मूल्यको पसल सञ्चालनमा ल्याउने छन् ।

दसैं, तिहार, छठ, ल्होसार लगायत पर्व लक्षित गरी सुपथ मूल्यमा खाद्यान्न लगायत सामग्री विक्री वितरण पसल काठमाडौं उपत्यकासहित देशैभर बिहीबारदेखि सञ्चालनमा आउन लागेका हुन् ।

सुपथ मूल्यका यस्ता पसलमा नुन, चिनी, चामल, घ्यु, पनिर, तेल, दाल, मसला, चिया, चिउरा लगायतका खाद्यान्न सामग्री विक्रीमा राखिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहायक प्रवक्ता उर्मीला केसीले जानकारी दिइन् ।

सरकारले चाडपर्वमा सञ्चालन गर्ने सुपथ मूल्य पसलमा चिनी प्रतिकिलो ७० रुपैयाँमा पाइने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार असोज १५ गतेदेखि सञ्चालन हुने पसलबाट प्रति परिवार ४ किलोको दरले चिनी बेच्न लागिएको हो ।

यस्तै, नुन १८ रुपैयाँ प्रतिकिलोमा पाइनेछ । नुन पनि प्रति परिवार ४ किलै पाइने बताइएको छ । सुपथ मूल्य पसलमा घ्यु प्रतिलिटर ८ सय ७० रुपैयाँमा पाइनेछ । मन्त्रालयले चामलमा किलोको ५ रुपैयाँ, खसीबोका तथा च्यांग्रामा १०, दालमा ५, सिमि लगायत गेडागुडीमा १०, फापर तथा केराउमा ५ रुपैयाँ प्रतिकिलो छुट दिने निर्णय पनि गरेको छ ।

मन्त्रालयकी सहायक प्रवक्ता केसी अनुसार तीनै संस्थानका देशभर रहेका कार्यालय, डिपो, डिलरका साथै घुम्ती सेवा पसल र अनलाइनमार्फत् उपभोक्तालाई सरल, सहज एवं सहुलियत मूल्यमा दैनिक उपभोग्य अत्यावश्यक खाद्य वस्तुहरू बिक्री वितरण गरिने छ।

सुपथ मूल्यको पसल पसल कालीमाटी, टेकु, कोटेश्वर, सिंहदरबार, सतुंगल, ललितपुर, थापाथली, नख्खु, प्रयागपोखरी, जाउलाखेल तथा भक्तपुरमा खुल्ने छन् । साथै घुम्ती सेवा पसल, र अनलाइन मार्फत् उपत्यकाका ४९ स्थान र दुग्ध विकास संस्थानका केही आउटलेट मार्फत् अत्यावश्यक सामाग्री सुपथ मूल्यमा पाइने मन्त्रालयले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार