देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आज अन्तराष्ट्रिय सगरमाथा दिवस, सगरमाथा आरोहणका इतिहास – कान्छा शेर्पा

0

काठमाडौं – आज मे २९ अर्थात् अन्तरर्रािष्ट्रय सगरमाथा दिवस । सतसट्ठी वर्ष पहिले आजकै दिन सगरमाथाको शिखरमा मानव पाइला पुगेको सम्झनामा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ । नेपाल सरकारले सन् २००८ देखि मे २९ लाई अन्तरर्रािष्ट्रय रुपमै यो दिवस मनाउन निर्णय गरेको थियो ।

सन् १९५३ मा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथा आरोहण गरेका थिए । त्यसपछि शुरु भएको आरोहणमा पछिल्ला दुई दशकमा निकै आकर्षण बढेको छ ।

पर्वतीय पर्यटनको क्षेत्रमा काम गर्नेहरुले यो दिनलाई विशेष रुपमा मनाउने गरिन्छ । सगरमाथाले नेपाललाई विश्वमाझ चिनाइरहेको छ भने मे २९ मानिस र सगरमाथाबीचको सामिप्यता बढाउने दिन हो ।
सगरमाथा आरोहणका इतिहास – कान्छा शेर्पा

पहिलोपटक शिखरमा जाने समूहमध्ये खुम्बु पासाङल्हामु गाउँपालिका–३ नाम्चेका कान्छा शेर्पा पनि एक हुन् । त्यसबेला ‘हाइ अल्टिच्युड शेर्पा’ का रूपमा गएका ८८ वर्षीय शेर्पा २० वर्षको उमेरमा तेञ्जिङनोर्गे शेर्पा र सरएडमण्ड हिलारीको लागि बाटो बनाउँदै शिखर नजिक सात हजार ८०० मिटरसम्म पुगेका थिए । उनिसहित दुई जना हाइअल्टिच्युड शेर्पा थिए भने अन्य लो अल्टिच्युड शेर्पाका रूपमा गएको कान्छा शेर्पाको भनाइ छ ।

कान्छा शेर्पाका अनुसार भक्तपुरबाट ४०० भरियासहित आरोहण दलका ३५ सदस्य टोली नाम्चे हिँडेको थियो । चार सयमध्ये १०० को टोली एक–एक दिनको फरकमा हिँडेको थियो । उनले भने, “काठमाडौँमा गाडी थिएन, भक्तपुरमा गाईवस्तु चर्थे, अहिले भक्तपुरमा त टेन थाउजेण्ट घरहरु होला है ! सपनाकै कुरा हो ।” “बाटोमा कुनै होटल पसल थिएन”, शेर्पाले भने, “मकैको छ्याङ अनि सातु खाँदै हिँड्नपर्थ्यो, अहिले त जताततै होटल पसल, सुविधा राम्रो छ, त्यो बेला केही थिएन निकै गाह्रो थियो ।”

भक्तपुरबाट हिँडेको टोली १६ दिनमा नाम्चे पुगेको थियो । सगरमाथा प्रवेशद्वार नाम्चे पुगेपछि ४०० भरियालाई दैनिक रु पाँच ज्याला दिएर फर्काएपछि शिखरतर्फ अगाडि बढेको टोली छ दिनमा आधार शिविर पुगेको शेर्पाको भनाइ छ । उनका अनुसार ४०० भरियाले बोकेकामध्ये २५ भारी त पैसामात्रै थियोे । “नाम्चेबाट ३५ जना टोली आधारशिविर लाग्यौं, पाँच दिनमा त्यहाँ पुगेपछि बस्ने व्यवस्था मिलायौँ,” उनले ६७ वर्ष अगाडिको अनुभव सुनाउँदै भने, “क्याम्प एकसम्म पुग्नकै लागि निकै कठिन भयो, बाटो खोज्दै जाँदा खुम्बु आइसफलमा ठूलो खर्पस भेटियो, हामीसँग भ¥याङ थिएन, अनि नाम्चे फर्केर १० सल्लाको रुख काट्यौँ, २० जनाले बोकेर उकालो लाग्यौँ, अनि काठको पुल बनाएर बाटो बनायौँ ।”

त्यतिबेला सगरमाथा नामकरण गरिएको थिएन, स्थानीय भाषामा चोमोलोङमा भन्ने गरेको उनको भनाइ छ । क्याप दुई, तीन हुँदै चारसम्म बाटो बनाएपछि, तेञ्जिङ र हिलारी शिखरतर्फ गएर चढेको उनले सुनाए । “मे २९ को दिन दिउँसो १ बजे ओकेटोके बोकेको थियो, त्यसबाट भने हामी सक्सेस भयौं, तिमीहरु क्याम्प–२ मा बस्नु भने हामी सबै खुशी भयौं”, शेर्पाले भने, “दुई घण्टापछि क्याम–२ मा उनीहरु आए खुशीले अँगालो हाल्यौँ, किस खायौँ, सबै नाच्यौँ ।” त्यसबेला कान्छा शेर्पाको दैनिक ज्याला रु आठ थियो । तर के कति पैसा बुझेको उनलाई थाहा छैन ।

सोलुखुम्बुको थामेमा जन्मेका तेञ्जिङ नोर्गे शेर्पाले दार्जिलिङमा पुगेर ट्रेकिङ कम्पनी खोलेपछि सोही माध्यमबाट सरएडमण्ड हिलारीसँग भेट भएको बताइन्छ । एडमण्ड हिलारीले सगरमाथा चढ्ने प्रक्रिया अगाडि बढाएपछि तेञ्जिङलाई समेत जन्मभूमि फर्कने अवसर मिलेको उनीहरुलाई बाटो देखाउने कान्छा शेर्पाले सुनाए । रासस

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार