देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आज ईद उल फित्र – सार्वजनिक बिदा

0

काठमाडौं – सरकारले मुस्लिम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र)को अवसरमा मंगलबार सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति निकालेर आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

‘मुस्लिम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र)का दिन सार्वजनिक बिदा दिने व्यवस्था भएबमोजिम उक्त बिदा २०वैशाख मंगलबार कायम भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, गृहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अरबी पात्रो हिजरी संवत्अनुसार १०औं महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर ईद उल फित्र पर्व मनाउँदै छन्।

१०औं महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ भने आफूभन्दा सानालाई आशीर्वाद दिँदै आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार