देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आज खुलामञ्चमा बालेनको धन्यवाद सभा

0

काठमाडौं – काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) साहले रत्नपार्कस्थित खुला मञ्चमा धन्यवाद सभा राखेका छन्।

बिहीबार राति सम्पन्न मतगणनामा भारी मतका साथ विजयी भएका साहले आज विहान ६ बजेदेखि र्‍याली निकाल्ने र भद्रकाली, शहिदगेट हुँदै खुलामञ्चमा धन्यवाद सभा गर्ने कार्यक्रम तय भएको छ।

लौरो चिह्नमा स्वतन्त्र उम्मेदवारका रूपमा बालेनले ६१ हजार ७ सय ६७ मत ल्याएका छन्। कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३८ हजार ३ सय ४१ मत ल्याउन सकिन भने एमालेका केशव स्थापितले ३८ हजार १ सय १७ मत पाए।

बालेनले आफ्ना निकटतम् प्रतिद्वन्द्वीको भन्दा २३ हजार ४ सय २६ मत बढी ल्याएका छन्। स्थापितको मत सिर्जनाको भन्दा २ सय २४ मत कम पाएका छन्। स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७ सय ७० मत पाएका छन्। उनको आँखीझ्याल चुनाव चिह्नमा थियो।

त्यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोल विजयी भएकी छन्। उनले ६८ हजार ६ सय १२ मत पाएकी छन्। उपमेयरमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका रामेश्‍वर श्रेष्ठले २३ हजार ८ सय ६ मत पाए। मतको आधारमा सुनिता काठमाडौँ महानगरमा लोकप्रिय ठहरिएकी छन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार