देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आज फाल्गुनन्दको जन्मजयन्ती मनाइँदै

0

काठमाण्डौं – आज किराँत धर्मावलम्बीका महागुरु एवम् राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्ती मनाइँदै छ । फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै हरेक वर्ष कात्तिक २५ गते जन्मजयन्ती मनाउने गरिन्छ ।

जीवनको अन्तिम समयसम्म किराँत भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारका निम्ती काम गरेका उनको जन्म वि. सं. १९४२ कातिक २५ गते इलाममा भएको हो भने उनको निधन वि. सं. २००५ सालमा भएको थियो ।

आफ्नो जीवनको अन्तिम पलसम्म भाषा, संस्कार, संस्कृति, शिक्षा उत्थान तथा समाज सुधारका निम्ति लागेका उनले वि. सं. १९८८ वैशाख २४ गते स्थापना गरेको ‘सत्य हाङ्गमा (धर्म) मुचुल्का’को नीति चर्चित बनेको छ ।

अनावश्यक तडक—भडक नियन्त्रण र मौलिक संस्कृतिको जगेर्नाका लागि उनले जारी गरेको १० बुँदे लिखित मुचुल्कामा श्रीजंगा लिपिमा अध्ययन गराउने, मादक पदार्थ सेवन नगर्ने, छोराको विवाहमा दान नलिने, स्वदेशी कपडा लगाउने, छोरा र छोरीलाई समान शिक्षा दिने लगायतका कुरा उल्लेख थिए ।

फाल्गुनन्दलाई २०६६ साल मंसिर १६ गते तत्कालीन प्रधानमन्त्री माधव नेपाल नेतृत्वको सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार