देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आज बाट यात्रुबिनाको खाली रेल चल्ने

0

काठमाडौं – जयनगर–कुर्था सम्मको ३६ किलोमिटरको रेलमार्गमा आइतबारदेखि रेल सञ्चालन गरिने भएको छ । औपचारिक रुपमा उद्घाटन नभएकोले यात्रु विनाको रेल चलाउन लागिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।

उनका अनुसार सोमबारदेखि रेलको लिकमा हाटबजार लगाउन तथा आवतजावतमा रोक लगाइएको छ । रेलवे लिक क्रस गरी बनाइएको बाटो पनि बन्द गरिएको छ ।

२०७७ साल असोज २ गते भारतीय कम्पनीबाट ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरिएका दुई सेट रेल नेपाल ल्याइएको हो । अहिले रेल धनुषाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार