देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बालुवाटारमा प्रचण्डले उछिने ओलीलाई

0

काठमाण्डौं – गत आइतबारदेखि झन् चुलिएको नेकपाभित्रको अन्तरबिरोधका बीच दुईजना अध्यक्षबीच आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भयो । तर,सँधैझैं एकोहोरो अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कुरा सुनेर तारिख धाउँदै फर्किने गर्नुभएका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भने भयङ्करसँग कड्कनुभएको स्रोतले बताएको छ ।

स्रोत भन्छ ‘आजको भेटवार्ता पनि लफडाबाटै शुरु भएको थियो । दाहालले सचिवालय बैठक बोलाउने विषयमा जोड दिनुभएको थियो भने अध्यक्ष तथा प्रधानमन्त्री ओली कुनै हालतमा बैठक बोलाउन नहुने विषयमा अडिग देखिनुभयो ।’ भेटको शुरुमै दाहालले प्रधानमन्त्रीलाई सोध्नुभयो ‘तपाईंको राजीनामा कसले माग्या छ र हिजो टिचिङ हस्पिटलका स्वास्थ्यकर्मी तथा कर्मचारीमाझ रोइलो गर्नुभएको ? अध्यक्ष भएर पार्टी कमिटी बैठकको सामना नगर्ने अनि असम्बन्धित क्षेत्र र बाहिर गएर राजीनामा मागियो भनी रोइलो गर्दै हिँड्नुको के अर्थ छ ? कसले माग्यो तपाईंको राजीनामा ?’

सँधैजसो ओली बोल्ने,दाहालले सुन्ने अवस्थाको आज बालुवाटारमा क्रमभङ् भएको थियो । त्यसैले दाहालले समस्या समाधानको उपाय देखाउँदै ‘अन्तरपार्टी निर्देशन (अपानि) मान्नुहोस्, पार्टी पद्धतिलाई आत्मसात गर्नुहोस् र कमिटीका बैठकहरू बोलाउनुस् भनिएको हो,अरु केही भनिएको छैन । तपाईं आफैँ आत्तिनु भयो’ भन्दै उहाँले थप्नुभयो ‘तपाईं आफैँ पार्टी फुटाउन उद्धत देखिनुभएको छ ।’

दाहालको उक्त कुरो सुन्नेबित्तिक्कै अध्यक्ष तथ प्रधानमन्त्रीले सोध्नुभयो ‘कसरी ?’ के को कसरी नि ? दाहालले जङ्दिै भन्नुभएको वाक्य उद्धृत गर्दै स्रोतले भन्यो ‘हिजो १ नं. प्रदेशका जिम्मेवार नेताहरूसँग गरिएको भर्चुअल बैठकमा बोलिएको र दिइएको निर्देशन केतर्फ लक्षित थियो ? त्यसमाथि स्वयम् अध्यक्ष अझ त्यसमा पनि प्रधानमन्त्री समेत रहेको व्यक्तिले गुटको भेला गर्दै हिँड्नुले के अर्थ राख्छ ?’

‘त्यसैले अहिले उठेका सबै विषयलाई सचिवालय बैठकमा राखेर छलफल गरौं । अपानिको कडाइका साथ पालना गरौं’ भनेर दाहालले आफ्नो धारणा राख्नेबित्तिक्कै अध्यक्ष तथा प्रधानमन्त्रीले असहमति जनाउँदै भन्नुभयो ‘बैठक किन राख्ने ? भो नराखौं । बैठक बोलाउनु भनेको बेकारमा मलाई गाली गर्नु र अप्ठेरो पार्नु मात्रै हो । त्यसैले नराखौं ।’ जनआस्था बाट ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार