देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आज सत्ता गठबन्धनले भरतपुरमा संयुक्त चुनावी सभा गर्दै

0

काठमाडौं – सत्ता गठबन्धनले चितवनको भरतपुर महानगरपालिकामा संयुक्त चुनावी सभा गर्ने भएका छन् । बिहीबार (आज) मध्यान्ह १२ गते हुने संयुक्त आमसभामा गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने बताइएको छ ।

भरतपुरको हाकिम चोकस्थित बसपार्कमा हुने सभालाई प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतले सम्बोधन गर्ने छन् ।

उक्त सभालाई जसपा र राष्ट्रिय जनमोर्चाका केन्द्रीय नेताहरुले पनि सम्बोधन गर्ने काँग्रेस चितवनका सभापति राजेश्वर खनाले जानकारी दिए ।उनका अनुसार सभालाई सम्बोधन गर्न काँग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेल बुधबार नै चितवन पुगिसकेका छन् ।

चितवनका सबै पालिकामा गठबन्धन चुनावी तालमेल गरी प्रतिस्पर्धामा उत्रिएको छ । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन् । तर काँग्रेसकै असन्तुष्ट पक्षले मेयरमा जगन्नाथ पौडेललाई बागी उम्मेदवार खडा गरेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार