देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आपूर्तिमा सघाउन उद्योग वाणिज्य महासंघको आग्रह

0

(काठमाडाैं) – उद्योगीहरूले उत्पादन गरेका वस्तु आपूर्तिमा सहयोग गरिदिन नेपाल उद्योग वाणिज्य महासंघले स्थानीय तथा प्रहरी प्रशासनलाई अनुरोध गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै महासंघले अत्यावश्यक वस्तु तथा सेवासँग सम्बन्धित उद्योगको उत्पादन बढाई उत्पादित वस्तु निर्बाध रूपमा मुलुकभर पुर्‍याउन सहयोग गरिदिन महासंघले आग्रह गरेको हो ।

कोभिड–१९ को संक्रमणबाट बच्न सरकारले देशभर लकडाउन घोषणा गरेको अवस्थामा पनि जोखिम मोलेर उद्योगीहरूले उद्योग चलाइरहेका छन् । ती उद्योगीले उत्पादन गरेका वस्तु एकबाट अर्काे जिल्लामा लैजाँदा अनेक समस्या भोग्नुपरेकाले आपूर्तिमा संलग्न उद्योगीलाई सघाइदिन स्थानीय तथा प्रहरी प्रशासनलाई अनुरोध गरिएको महासंघले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘अत्यावश्यक वस्तु तथा सेवासंग सम्बन्धित उद्योग व्यवसायले अझ बढी उत्पादनहरू बढाई उत्पादित वस्तु निर्वाध रूपमा मुलुकभर पुर्‍याउने कार्यमा सबै श्रमिक कामदार दाजुभाई तथा दिदी बहिनीहरूबाट सदाझै महत्वपूर्ण सहयोग प्राप्त हुने विश्वास सहित सुरक्षाका सबै उपायहरू अवलम्बन गर्दै उत्पादन प्रक्रिया र आपूर्ति व्यवस्थापनमा सहभागी भई आजको कठिन अवस्थामा मुलुकलाई सहयोग गर्न महासंघ सम्पूर्ण श्रमिक कामदार दाजुभाई तथा दिदी बहिनीहरूमा हार्दिक अपिल गर्दछ ।’

सुरक्षाका सबै उपाय अवलम्बन गर्दै उत्पादन प्रक्रिया र आपूर्ति व्यवस्थापनमा सहभागी भई अहिलेको कठिन अवस्थामा मुलुकलाई सहयोग गर्न महासंघले सबैलाई अनुरोध समेत गरेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार