देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आप्रवासी श्रमिकलाई मताधिकार हुनुपर्छ- सार्कटुक महासचिव बस्नेत

0

काठमाडौ – दक्षिण एसियाली ट्रेड युनियन परिषद् ( सार्कटुक ) का महासचिव एवं ट्रेड युनियन कांग्रेसका पुर्व अध्यक्ष लक्ष्मण बहादुर बस्नेतले वैदेशिक रोजगारीमा रहेका कामदारहरुले कार्यस्थलबाटै मतदान गर्न कानुनी व्यवस्था गर्नुपर्ने बताएका छन् ।

बुधबार राजधानीमा नेपाल पोलिसी ईन्स्टिच्युट ( एनपिआई)द्घारा आयोजित नीति संवाद शृङ्खलामा महासचिव बस्नेतले यस्तो धारणा राखेका हुन् ।

महासचिव बस्नेतले भने -” वैदेशिक रोजगारीबाट दुखगरी पठाएको पैसाले नेपालमा शिक्षा, स्वास्थ्य, दैनिकी लगायत अर्थतन्त्रलाई धानेको छ तर त्यसको बदलामा राज्यले उनीहरुप्रती कुनै कल्याणकारी कार्यक्रम ल्याउन सकेको छैन । जिडिपिमा ३० प्रतिशत भन्दाबढी योगदान रेमिटेन्सको छ , त्यसैले कार्यस्थलबाट मतदान गर्ने व्यवस्थाकालागी कानुन बनाएर अगाडि बढ्न जरुरी भईसकेको छ ।”

कार्यक्रममा सहभागी आप्रवासी कामदारबारे अधिकारकर्मीहरुले आप्रवासी कामदारहरुले कार्यस्थलबाटै मतदान गर्न पाउने सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

सर्वोच्चले २०७४ मै विदेशमा रहेका नेपालीलाई मताधिकार दिलाउन फैसला गरेको थियो । कार्यक्रममा साउदी अरेबिया ,कतार , मलेसिया र भारत लगायत देशमा कार्यरत आप्रवासी कामदारहरु समेत सहभागी थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार